वामदेवले एमालेमा फर्किन आतुर रहेको बताएपछि ओलीले भने- तपाईंको नेकपा एकता अभियान सफल होस्

नेपालभ्युज

वामदेवले एमालेमा फर्किन आतुर रहेको बताएपछि ओलीले भने- तपाईंको नेकपा एकता अभियान सफल होस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किन चाहने वामदेव गौतमको भावनाको सम्मान गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफू पुन: एमालेमा फर्किन आतुर रहेको बताएका थिए ।

त्यसमा जवाफ दिँदै ओलीले भने गौतमको एकताको भावनालाई सम्मान गर्ने बताएका हुन् । “वामदेवजीको भावनाको सम्मान गर्छु, उहाँले एकताको भावना व्यक्त गर्नुभएको छ । वामदेवजी नेकपा एकता महाअभियानको संयोजक पनि हुनुहुन्छ । त्यो तपाईंको अभियान सफल होस् ।”

एमाले-माओवादी केन्द्रबीच एकता भएर २०७५ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि त्यसबेला उपाध्यक्ष रहेका गौतमले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए ।

ओलीको अगाडि वामदेवको आत्मालोचना- मबाट कमजोरी भयो, पार्टीमा फर्काउनुस्  

तर, त्यसको ३१ महिनापछि उनले पुन: पार्टीमा फर्किन आतुर रहेको प्रतिक्रिया दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved