अरूको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्म छैन : अनमोल केसी

नेपालभ्युज

अरूको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्म छैन : अनमोल केसी

काठमाडौं । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतिपूर्ण रहेको बताए ।

उनले आफ्ना लभ स्टोरी चलचित्रहरू दर्शकहरूले बढी रूचाएकाले यस चलचित्र पनि रूचाउने अपेक्षा व्यक्त गरे ।

अन्य कलाकारहरूले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरू नरहेको उनले बताए । केसीले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने जानकारी दिए ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरूङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् ।

मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।

यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्ममा केसीसँगै जसिता गुरूङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved