एसिड प्रहारको घटनामा आधारित फिल्ममा केपी ओली प्रधानमन्त्रीको भूमिकामा, अभिनय गर्दा ‘वान टेकमै ओके’

नेपालभ्युज

एसिड प्रहारको घटनामा आधारित फिल्ममा केपी ओली प्रधानमन्त्रीको भूमिकामा, अभिनय गर्दा ‘वान टेकमै ओके’

काठमाडौं । अभिनयमा खरिएका कलाकारहरू नै सुटिङकै क्रममा टेक खान्छन् । एकैअभिनय पटकपटक दोहोर्‍याउँछन् ।

तर, फिल्ममा यसअघि कहिल्यै अभिनय नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एक फिल्ममा कुनै पनि टेक नखाई सुटिङ सकेका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा ‘नमेटिने घाउ’ फिल्म खिचिएको थियो ।

फिल्मको सुटिङमा ओलीको अभिनय वान टेकमा ओके भएको निर्माण पक्षले बताएको छ ।

ओलीले आधा घण्टा फिल्मको सुटिङ गरेका थिए । सोही सिलसिलामा उनको ६\७ सट फरक फरक तरिकाबाट खिचिएको थियो । सबै सट वान टेकमा ओके गरेका निर्देशक रमित ढुङ्गानाले बताए ।

फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो सेटमा पुगेका ओलीले अभिनयका लागि टेक दिनु अगाडि पहिले प्रोफेसनल कलाकार झैँ क्यामरा पूजा गरेका थिए । ओलीले बिना मेकअप फिल्ममा देखिएका छन् । फिल्ममा एसिड पीडित मुस्कान खातुनको पनि अभिनय छ । मुस्कान खातुनको जीवन कथामा फिल्म बन्न लागेको हो ।

एसिड आक्रमणपछि तत्कालीन प्रधानमन्त्री ओलीले पीडित खातुनलाई भेटेका थिए । फिल्म सत्य घटनामा आधारित भएकोले पनि ओलीलाई अभिनय गराएको निर्माण पक्षले बताएको छ ।

शिवम् अधिकारीको लेखन् रहेको फिल्ममा आरती आचार्य, उमेश सुनाम, आर्जु, सिजन राउत, इभा गिरी, प्राप्ति पौडेल, विशाल देवकोटा, कमल देवकोटा, अर्जुन दुलाल, रोहित श्रेष्ठ, सन्दीप बाबु लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved