खराब मूल्यांकन तर, कडा कमाई गरेका बलिउडका फिल्म

नेपालभ्युज

खराब मूल्यांकन तर, कडा कमाई गरेका बलिउडका फिल्म

एजेन्सी । केही बलिउड फिल्महरू त्यस्ता पनि छन् जसलाई समालोचकले एकदमै कम रेटिङ दिए तर, दर्शकले भने त्यस्ता फिल्म रूचाएका हुन्छन् । त्यस्तै केही फिल्म बारे यहाँ कुरा गरौं ।

सन् २०१३ मा आएको फिल्म ‘गुन्डे’ जसमा अर्जून कपूर र रणवीर सिंहका साथ प्रियंका चोपडाको त्रिकोणात्मक प्रेमकथा देखाइएको थियो । यो फिल्मलाई २.६ मात्र रेटिंग दिइएको थियो । तर, यसले १३० करोड भारतीय रूपैंया कमाएको थियो ।

त्यस्तै, अर्को महिलाहरू प्रमुख भूमिकामा रहेको फिल्म ‘वीरे दी वेडिंग’ ले पनि एकदमै राम्रो कमाई गरेको थियो । तर, उक्त फिल्मले रेटिंगको विषयमा भने जम्मा ३.३ स्टार मात्र प्राप्त गरेको थियो ।

त्यस्तै, अर्को एकदमै कम रेटिंगमा धेरै कमाई गर्ने फिल्म थियो वरूण धवन अभिनित ‘जुडवा २’ । यो फिल्मले पनि जम्मा ३.६ रेटिङ पाएको थियो जसको कमाई भने २१७ करोड रहेको थियो ।

तर, धेरै रेटिङ पाउँदा पनि त्यस्तो राम्रो कमाई गर्न नसकेको फिल्म ‘ब्रम्हास्त्र’ रह्यो । यसले रेटिङ ५.५ प्राप्त गरे पनि कमाई भने खास भएन ।

त्यस्तै, सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ ले आईएमडीबीमा रेटिङ जम्मा ४.४ प्राप्त गरेको थियो । तर, यसले कमाई भने ३८८ करोड रूपैंया गरेको थियो ।

सलमानकै अर्को फिल्म दबंग २ ले पनि राम्रो रेटिङ प्राप्त गरेन । तर, यसले कमाईमा भने २५३ करोड संकलन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved