अग्रज निर्देशक तुलसी घिमिरे फिल्म निर्देशनमा फर्कँदै, ‘पहाड’ फिल्मको शीर्ष भूमिकामा विपिन कार्की

नेपालभ्युज

अग्रज निर्देशक तुलसी घिमिरे फिल्म निर्देशनमा फर्कँदै, ‘पहाड’ फिल्मको शीर्ष भूमिकामा विपिन कार्की

काठमाडौं । अग्रज निर्देशक तुलसी घिमिरेले फेरि अर्काे फिल्म लिएर आउने भएका छन् । पछिल्लो फिल्म ‘दर्पणछाया २’ बाट सिनेमा क्षेत्रबाट टाढा भएका उनी ‘पहाड’ फिल्मबाट कमब्याक गर्ने भएका छन् ।

६ वर्षको ‘ग्याप’ पछि घिमिरे निर्देशनमा फर्किन लागेका हुन् । आगामी दशैंबाट उनको फिल्म ‘पहाड’को छायांकन सुरु हुनेछ ।

यो फिल्मको शीर्ष भूमिकामा विपिन कार्की निश्चित भएका छन् । विपिनले साइन गर्न मात्र बाँकी छ । यो फिल्मका लागि महजोडीलाई पनि प्रस्ताव गरिएको खबर छ ।

निर्देशक घिमिरे पनि यतिबेला फिल्मको तयारीकै लागि कालिम्पोङतिर छन् । यो फिल्मबाट नयाँ अभिनेत्रीलाई ब्रेक दिने उनको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved