मध्यराति घरमा आगलागी हुँदा वृद्ध दम्पत्तीको जलेर मृत्यु

नेपालभ्युज

मध्यराति घरमा आगलागी हुँदा वृद्ध दम्पत्तीको जलेर मृत्यु
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । धादिङमा आगलागी हुँदा जलेर बृद्ध दम्पत्तीको मृत्यु भएको छ । गए राति साढे ११ बजेतिर थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । घरमा दम्पत्तीमात्रै बस्दै आएका थिए ।

आगलागीमा परी ७० वर्षिय तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् । विद्युत सर्ट भएर आगो सल्किएको प्रहरीको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved