शिल्पी थिएटरमा चेखवको नाटक ‘बाजी’ मञ्चन हुने

नेपालभ्युज

शिल्पी थिएटरमा चेखवको नाटक ‘बाजी’ मञ्चन हुने

काठमाडौं। रविन परियारको नाट्य रूपान्तरण तथा निर्देशनमा तयार भएको नाटक ‘बाजी’ मञ्चन हुदैछ।

रुसी कथाकार एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘द बेट’ मा आधारित नाटक ‘बाजी’ यही वैशाख २४ देखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो।

शिल्पी थिएटरको प्रस्तुति रहेको नाटक ‘बाजी’मा अनुप तिमिल्सिनाले संगीत संयोजन गरेका छन्। यसैगरी प्रकाश व्यवस्थापन प्रेम चन्द पाण्डेयको रहेको छ भने भेसभुषा संगीता उराँवको रहने छ।

‘बाजी’ मा कलाकारहरू गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय रहनेछ।

नाटक यही वैशाख ३० गतेसम्म हरेक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved