फिल्म ‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक

नेपालभ्युज

फिल्म ‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको फिल्म ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीतका दृश्यले फिल्मको थिम प्रस्तुत गरेको छ ।

सार्वजनिक गीतमा अन्तरजातीय प्रेम र दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ । पुजारको चरित्र निभाएका छन् अभिनेता आर्यन सिग्देलले । अभिनेत्री अञ्जना बराइली पनि छिन् ।

मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम र दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ ।
गीतमा दिनेश राउतको शब्द, सुवास भुसालको सङ्गीत र देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ ।

यसअघि पहिलो कोसेली स्वरूप चलचित्रमा समावेश ‘दर्शन गरेँ’ बोलको गीत सार्वजनिक गरिएको थियो । प्रदीप खड्कालाई दमाहा बजाउँदै गरेको देखाइएको छ । उनको पूर्ण परिचय भने खुलाइएको छैन ।

पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved