जब महिनौंसम्म खाली भएनन् सिनेमा हल

नेपालभ्युज

जब महिनौंसम्म खाली भएनन् सिनेमा हल

एजेन्सी । बलिउडमा कतिपय त्यस्ता फिल्म छन् जसलाई हेर्न मानिसहरु महिनौं पनि हलमा भिड लाग्ने गर्थे । त्यस्तै केही फिल्महरुका बारेमा यहाँ चर्चा गरौं ।

सन् १९७५ मा आएको अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘शोले’ अहिले पनि सबैभन्दा माथिल्लो स्थानमा छ । उक्त फिल्म हेर्नका लागि १८.२५ करोड मानिसहरु सिनेमाघरमा पुगेका थिए । महिनौंसम्म पनि फिल्महलमा भिड लागेको थियो ।

त्यस्तै दोस्रो नम्बरमा प्रभास र एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ पर्दछ । यो फिल्म हेर्नका लागि १०.७७ करोड मानिसहरु सिनेमाघर पुगेका थिए ।

आईएमडीबीका अनुसार ‘मदर इन्डिया’ तेस्रो नम्बरमा पर्दछ । जसलाई हेर्नका लागि १० करोड मानिसहरु सिनेमाघरमा पुगेका थिए ।

त्यस्तै अर्को फिल्म मधुबाला र दिलीप कुमार अभिनित ‘मगल–ए–आजम’ रहेको छ । यो फिल्मले पनि उक्त समयमा तहल्का मच्चाएको थियो । फिल्मलाई हेर्नका लागि सिनेमाघरमै ९.२५ करोड मानिस पुगेका थिए ।

माधुरी दीक्षित र सलमान खानको फिल्म ‘हम आपके हें कौन’ पनि उक्त लिस्टमा पाचौं नम्बरमा पर्दछ । यो फिल्म हेर्नका लागि ७.७९ करोड मानिस सिनेमाघर पुगेका थिए ।

त्यस्तै अमिताभ बच्चनको फिल्म ‘मुकद्दर का सिकन्दर’ हेर्नका लागि करीब ७ करोड मानिस सिनेमाघर पुगेका थिए । दिलीप कुमार, मनोज कुमार र हेमा मालिनीको फिल्म ‘क्रान्ति’ हेर्नका लागि ६.१५ करोड मानिस सिनेमाघर पुगेका थिए ।

त्यस्तै दिलीप कुमारको फिल्म ‘गंगा जमुना’ हेर्न ५.८५ करोड मानिस सिनेमाघर पुगेका थिए भने अमिताभ बच्चनको कुली हेर्न ५.७७ करोड मानिस पुगेका थिए ।

राज कपूर र नरगिसको ब्लकबस्टर फिल्म ‘श्री ४२०’ पनि यो लिस्टको अन्तिमतिर सामेल छ । जसलाई हेर्नका लागि ५.५८ करोड मानिस सिनेमाघर पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved