प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’को यस्तो छ ट्रेलर 

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ।

नेपालभ्युज

प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’को यस्तो छ ट्रेलर 

काठमाडौं। फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ। असोज २६ गते (आउँदो शुक्रवार)बाट प्रदर्शनमा आउने चलचित्रको आज अफिसियल ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो।

नारायण रायमाझी निर्देशित चलचित्रको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ।
‘परदेशी २’ गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेश’ दिइएको छ।

अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा सिवाकोटीसँगै अभिनेताद्वय प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ।

‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यस पटक पनि सोही भूमिकामा छन्।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ।

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो चलचित्र हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved