नेपाली टिकटकर आयुषले गरे पाकिस्तानी टिकटकर जमालीसँग इन्गेजमेन्ट

नेपालभ्युज

नेपाली टिकटकर आयुषले गरे पाकिस्तानी टिकटकर जमालीसँग इन्गेजमेन्ट

काठमाडौं। चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरीले पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग इन्गेजमेन्ट गरेका छन्। शुक्रबार दुबईमा इन्गेजमेन्ट भएको हो। दुईबीच लामो समययता प्रेम सम्बन्ध थियो।

आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन्। एकअर्काले औँठी लगाइदिएको दृश्य भिडिओमा छ। इन्गेजमेन्ट जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट भेटिएका थिए। बिस्तारै कुरा हुँदै जाँदा दुइबीच घनिष्ठता भएको थियो। पछिल्लो समय यी दुवै जना दुबईमा बस्दै आएका छन्। त्यही उनीहरूले इन्गेजमेन्ट गरेका हुन्।

जमालीलाई टिकटकमा १५ लाखले फलो गरेका छन्। आयुषका ८ लाख फलोअर्स छन्। आयुषलाई भेट्नैको लागि केही समयअघि जमाली दुबईबाट नेपाल आएकी थिइन्। पछि आयुष पनि उतै गएका हुन्। आयुष हिन्दू धर्म मान्छन्, भने जमाली मुस्लिम समुदायकी हुन्।

उनीहरुले हिन्दु र मुस्लिम दुवै संस्कृति अनुसार इगेजमेन्ट गरे। एलिजेह सधैँ बुर्कामा हुन्छिन्। इगेजमेन्टमा पनि बुर्का लगाएकी छिन्। ईन्गेजमेन्टको क्लिप्समा पनि उनको अनुहार देखाईएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved