मण्डलामा नाटक ‘ब्युँझिएको सिरानी’ (तस्वीरहरू)

मण्डलामा नाटक ‘ब्युँझिएको सिरानी’ (तस्वीरहरू)

काठमाडौं।  थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन भइरहेको छ।

असोज १६ गतेदेखि मञ्चन भएको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई उत्थान गरिएको छ। नाटकले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरेको छ।

कलाकार तथा कोरियोग्राफर जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘ब्यूँझिएको सिरानी’ मा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतको अभिनय रहेको छ।

अनिल सुब्बाको कला निर्देशन गरेको नाटकमा झुमा लिम्बुको संगीत संयोजन रहेको छ। नाटक यहि असोज २८ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ। तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved