कर्णालीमा एमाले अधिवेशनको तयारी पूरा, ५ हजारभन्दा बढीको सहभागिता रहने

कर्णालीमा एमाले अधिवेशनको तयारी पूरा, ५ हजारभन्दा बढीको सहभागिता रहने

सुर्खेत। नेकपा (एमाले)ले कर्णालीमा आज (बुधबार) हुने पहिलो अधिवेशनका तयारी पूरा भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरको सिटी हलमा बुधबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।  ‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।’ उनले भने,‘अधिवेशनमा ५ हजार बढीको सहभागी रहनेछ ।’

कुन जिल्लाबाट कति सहभागी

अधिवेशनमा कर्णाली प्रदेशका १० जिल्ला र २२ वटा जनवर्गीय संगठनबाट ६०४ जना सहभागी रहने अध्यक्ष विनोद शाहले जानकारी दिए । ‘१९५ जना महिला, र ४०७ जना पुरुष सहभागी रहनेछन् ।’ उनले भने,‘जसमध्ये ७३ जना पुरुष र ३८ जना महिला गरी १११ जना दलित प्रतिनिधित्व रहनेछ ।’

भूगोलमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेख ७४ कालीकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३ र रुकुमपश्चिमबाट २३ जना प्रतिनिधि छनोट भएको अध्यक्ष शाहले जानकारी दिए ।

‘भूगोलबाट ५ सय ५४ जना र २२ मोर्चा संगठनबाट ५० जना गरी ६०४ जना सहभागी रहनेछन् ।’ उनले भने,‘अधिवेशनले ५ जना पदाधिकारीसहित १३५ जना प्रदेश समिति चयन गर्नेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved