क्यानको अधिवेशन सुरु हुँदै, चतुरबहादुर चन्दको प्रतिस्पर्धी को ?

नेपालभ्युज

क्यानको अधिवेशन सुरु हुँदै, चतुरबहादुर चन्दको प्रतिस्पर्धी को ?

काठमाडौं।   नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ ।

साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिउँसो १२ बजे काठमाडौंमा उद्घाटन गर्नेछन् ।  यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ती, संघको विधान र विविध विषयका एजेन्डामाथि छलफल र निर्णय हुनेछ ।

साधारणसभापछि अधिवेशन सुरु हुनेछ । अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ । वर्तमान अध्यक्ष चतुरबहादुर चन्दबाहेक अहिलेसम्म अध्यक्षको लागि अरु कसैले दाबी गरेका छैनन् ।

कोभिड र विविध कारणले यो कार्यकालमा राम्ररी काम गर्न नपाएको तर्कसहित चन्दले फेरि अध्यक्षमा लड्ने तयारी गरेका हुन् ।

अध्यक्षकै लागि अहिलेका कोषाध्यक्ष रोशन सिंहको चर्चा चलेपनि अहिलेसम्म सिंहले उम्मेदवारीको घोषणा गरेका छैनन् ।

बाग्मती प्रदेशको अध्यक्ष विजयी भएका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेपनि अहिलेसम्म निर्णय गर्न सकेका छैनन् ।

पारसले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved