एमाले लुम्बिनी प्रदेश अधिवेशन : २०० मत गन्दा रिजालको अग्रता

नेपालभ्युज

एमाले लुम्बिनी प्रदेश अधिवेशन : २०० मत गन्दा रिजालको अग्रता

काठमाडौं । एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २०० मत गन्दा अध्यक्षमा हरिप्रसाद रिजालले अग्रता लिएका छन् । प्राप्त मतपरिणाम अनुसार रिजालको १ सय ९ मत आएको छ भने अर्का उम्मेदवार राधाकृष्ण कँडेलले ८९ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा भोजप्रसाद श्रेष्ठले अग्रता लिएका छन् । उनले मत ९० ल्याउदा उनका प्रतिस्पर्धि विश्वराज बरालले ६८ मत ल्याए । त्यस्तै उपसचिव खुलामा पूर्ण बुढामगरको ९८ मतसहित अग्रता छ । उनलाई ७४ मतसहित दुर्गाप्रसाद थारु चौधरीले पच्छ्याएका छन् । महिला उपसचिवमा वसन्ती अधिकारी ७५ मतसहित अगाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved