गायिका सिन्धु मल्ललाई पनि अस्ट्रेलियाले दिएन भिसा

नेपालभ्युज

गायिका सिन्धु मल्ललाई पनि अस्ट्रेलियाले दिएन भिसा

काठमाडौं । गायिका सिन्धु मल्ललाई पनि अस्ट्रेलियाले भिसा नदिएपछि उनको कार्यक्रम स्थगन भएको छ। केही दिनअघि गायिका समीक्षा अधिकारीलाई भिसा नदिएको अस्ट्रेलियाले अर्की चर्चित गायिका सिन्धु मल्ललाई पनि भिसा नदिएको हो।

तीजको अवसरमा आयोजना हुन लागेको साङ्गीतिक कार्यक्रमका लागि अस्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रूपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुन सक्ने उल्लेख गरेकी छन्। सिन्धुले यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकी छन्।

अवार्डको बहानामा क्यानडा लगिएका नेपाली काम नपाएर अलपत्र

तीन दशकको गायन यात्रामा पहिलो पटक अस्ट्रेलियाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएको समेत जानकारी गराएकी छन्।

‘‘संसारका ठूला देशहरू अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ,’’ सिन्धुले भनेकी छन्, ‘‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भएको छैन । अस्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर यो पटक अस्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved