अवार्डको बहानामा क्यानडा लगिएका नेपाली काम नपाएर अलपत्र

विदेश लैजान गैर कलाकारसँग ३० लाखसम्म बार्गेनिङ

सम्बन्धित देश पुगेपछि कार्यक्रममा सहभागी भएर कलाकार स्वदेश फर्कन्छन्। तर, गैर कलाकार उतै लुकेर बस्छन्। यही कारण विदेशमा हुने अवार्ड समारोह बदनाम हुन थालेका छन्।

नेपालभ्युज

अवार्डको बहानामा क्यानडा लगिएका नेपाली काम नपाएर अलपत्र

काठमाडौं। विदेशमा आयोजना हुने अवार्ड आफैँमा बदनाम भइरहँदा त्यस्तै एक म्युजिक अवार्डको नाममा क्यानडा पुगेका गैर कलाकार अलपत्र परेका छन्।

म्युजिक अवार्डको नाममा बर्सेनि सय भन्दा बढी गैरकलाकार अमेरिका, क्यानडा, जापानलगायत देश पुग्दै गर्दा पछिल्लो समय ठुलो संख्यामा नेपाली अलपत्र परेका हुन्।

विदेशमा आयोजना हुने अवार्ड बदनाम हुनुको मुख्यकारण नै पैसाको चलखेल थियो। पैसा तिरेर कलाकारले अवार्ड किन्थे। तर, अहिले कलाकार भन्दै गैर कलाकार विदेश जान्छन्। उनीहरूलाई भिजिट भिसामा लगिन्छ। उनीहरू उतै लुकेर काम गर्छन्।

आयोजकले गैर कलाकारलाई विदेश लगे बापत ३० लाख रुपैयाँसम्म लिन्छन्। यस कारण केही नाम चलेका कलाकारसँगै उनीहरूको सहयोगी वा आयोजक भन्दै गैर कलाकारको पनि भिसा अप्लाइ गरिन्छ।

सम्बन्धित देश पुगेपछि कार्यक्रममा सहभागी भएर कलाकार स्वदेश फर्कन्छन्। तर, गैर कलाकार उतै लुकेर बस्छन्। यही कारण विदेशमा हुने अवार्ड समारोह बदनाम हुन थालेका छन्। फिल्म तथा म्युजिक अवार्डको नाममा विदेशमा सहभागी गराउने र कार्यक्रम पश्चात् उतै छाडेर आउने खबर आइरहेका छन्।

यही मेलोमा केही महिनाअघि क्यानडामा म्युजिक भिडिओ अवार्डमा गएका केही मानिस उतै बसेको चर्चा छ। केही मानिस काम नपाएर अलपत्र परेको स्रोतले बताएको छ।

अघिल्लो महिना ग्रेट नटराज फिल्मस् र ह्यापी पाठक ईन्टरटेन्मेन्टको स्टार म्युजिक भिडियो अवार्ड भएको थियो। ४३ जनाको भिसा अप्लाइ गर्दा ३८ जनाको लागेको थियो।

अवार्डको बहानामा मानव तस्करी आरोप लागेपछि आयोजकले नै पाएनन् भिसा

अवार्डको नाममा एउटा ब्यानर भित्तामा झुन्डाएर फटाफट केहीलाई सर्टिफिकेट र ट्रफी बाँडिएको थियो। स्रोतका अनुसार कार्यक्रम सकेर आधा जति नेपाल फर्के भने बाँकी क्यानडामै रहे।

स्रोतले भन्यो भन्छन्,‘‘क्यानडामै लुकेर बसेकाहरूले काम पाउन सकेका छैनन्। अलपत्र परिरहेका छन्। काम खोजिदिन हारगुहार गरिरहेका छन्। केहीले भिसाको म्याद थपेर बसेका छन्। केहीको त मिति नै सकिसक्यो।’’

स्रोतका अनुसार केही अनुहार चिनिएका कलाकारको सहयोगी भन्दै केहीलाई लगिएको थियो। केहीलाई म्यानेजर र केहीलाई आयोजक टिम बनाएर क्यानडा लगिएको थियो। उनीहरूलाई मोटो रकम असुलेर क्यानडा लगेर छाडेको बताइएको छ।

३८ जनाको भिसा लागे पनि ३३ जना मात्रै क्यानडा पुगेको कलाकार रोहित रुम्बाले बताए। ९ जना क्यानडामा बसेर बाँकी स्वदेश आएको भन्ने आफूले  थाहा पाएको उनले बताए।

अवार्ड वितरण गर्न मापदण्डको खाँचो

आयोजकको आँखा क्यानडामा

पछिल्लो समय अवार्डको बहानामा मानिस लैजाने गन्तव्य क्यानडा बन्न थालेको छ। नेपालीलाई लैजाने बहानाकै लागि क्यानडामै कार्यक्रम आयोजना गरीएकाे आरोप लाग्ने गरेको छ। पछिल्लो एक वर्षमा नेपाली म्युजिक भिडियो अवार्ड भन्दै तीन वटा कार्यक्रम भएका छन् ।

एक फिल्म अवार्ड पनि भयो। सङ्गीत साँझको नाममा पनि थुप्रै कार्यक्रम गरिएको छ । आउँदो महिना सेप्टेम्बरमा फेरि एक म्युजिक भिडिओ अवार्ड हुँदैछ। लगतै एक फिल्म अवार्ड पनि गरिँदैछ ।

सेप्टेम्बरमै एक साङ्गीतिक साँझ समेत आयोजना गरिएको छ। यी सबैमा १२० भनुदा बढी कलाकारसहित नेपाली क्यानडा लैजाने तयारी छ। एक कम्पनीले ‘कृषि अवार्ड’ समेत क्यानडामै गर्ने तयारी गरेको छ ।

जेनियस म्युजिक भिडिओ अवार्ड सेप्टेम्बरमा हुँदैछ। यसको लागि ६० जनाभन्दा बढीको भिसा अप्लाइ गरिएको छ। जिनियस डिजिटल म्युजिक प्रालिले गर्न लागेको अवार्डमा सहभागी हुने भनिएको ठुलो संख्याले कार्यक्रम नै शंकास्पद रहेको जानकार बताउँछन्।

स्रोतले भन्यो, ‘‘म्युजिक भिडिओ अवार्ड, त्यो पनि क्यानडामा। अनि ६० भन्दा बढीको भिसा अप्लाइ गरिँदा चिनिएका कलाकार भने दर्जन हाराहारीमा मात्रै छन्। यसैले शंकास्पद छ।’’

नेफ्टाका पदाधिकारीलाई नै अमेरिकाले भिसा नदिएपछि ‘अवार्ड’ कार्यक्रम रद्द

आगामी अक्टोबर लक्षित गरेर ‘गोल्डेन हर्स ईन्टरटेशनल’ अवार्ड घोषणा गरिएको छ। त्यसको लागि पनि ६० भन्दा बढीको भिसा अप्लाइ भएको छ। गोल्डेन हर्स फिल्मले यो अवार्डको दोस्रो संस्करण क्यानडामा गर्न लागेको हो।

केही महिनाअघि मात्रै यसको पहिलो संस्करण काठमाडौंमै भएको थियो। जसमा आयोजकले ५० भन्दा बढिलाई सम्मान मात्रै गरेको थियो। पहिलो संस्करण नेपालमा भएको वर्ष दिन नपुग्दै अर्को संस्करण गर्न लाग्नुलाई पनि शंकाले हेरिएको छ।

क्यानडामा आयोजना हुने अवार्डका लागि आयोजकले कलाकार तथा गैर कलाकारसँग बार्गेनिङ गरेको तथ्य नेपालभ्यूजलाई प्राप्त हुन थालेको छ। तर, आयोजकले भने वास्तविक कलाकारलाई मात्रै क्यानडा लान लागेको दाबी गर्न छाडेका छैनन्।

तर, उनीहरूले भिसा अप्लाइ गरिरहँदा एक दर्जन कलाकार हुन्छन् भने बाँकी तीन दर्जन भन्दा बढी गैर कलाकार हुन्छन्।

सेप्टेम्बरमै क्यानडामा एउटा ‘साङ्गीतिक कार्यक्रम’ आयोजना गरिएको छ। जहाँ कालीप्रसाद बाँस्कोटासहितका अन्य दुई कलाकारको प्रस्तुति रहने बताइएको छ।

अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved