अस्ट्रेलियाले किन गर्‍यो समीक्षा अधिकारीको भिसा ‘क्यान्सिल’ ? तीन वर्षसम्म प्रतिबन्ध हुनसक्ने

नेपालभ्युज

अस्ट्रेलियाले किन गर्‍यो समीक्षा अधिकारीको भिसा ‘क्यान्सिल’ ? तीन वर्षसम्म प्रतिबन्ध हुनसक्ने

काठमाडौं। गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ। उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको देखिएको हो।

पहिलै भिसा अवधि वर्ष दिन भएकी उनलाई आउँदो तीज कार्यक्रमका लागि अस्ट्रेलियामा प्रफर्म गर्न जान भिसा आवश्यक थिएन।

तर, आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन्। त्यसपछि समीक्षाको भिसा रद्द गरिएको हो।

समीक्षा अधिकारीको खुलासा- पल शाहका मान्छेले मार्दिने धम्की दिएपछि मुद्दा फिर्ता लिएँ

त्यहाँको होम अफेयर्सले केही दिनअघि ‘समीक्षा अधिकारी’को नाममा रहेको अस्ट्रेलियाको सब–क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो। उनको भिसा रद्द किन भयो ? यसको कारण भने परक छ।

किन गरियो त समीक्षाको भिसा रद्ध ?

अघिल्लो पटक फागूपूर्णिमाको कार्यक्रममा समीक्षा अस्ट्रेलिया गएकी थिइन्। त्यो बेलामा समीक्षाले आफू १८ वर्ष मुनिको भन्दै आफूलाई केयर टेकरको रूपमा अभिभावक लैजानुपर्ने भन्दै एक महिला आफूसँगै अस्ट्रेलिया लगेकी थिइन्।

कार्यक्रम सकेर समीक्षा स्वदेश फर्किइन्। तर, उनले केयर टेकर भन्दै लगेकी महिलालाई स्वदेश फर्काएनन्, उतै राखिन्।
अहिले फेरि पनि उनले तीजको कार्यक्रममा अस्ट्रेलिया जान भन्दै आफूसँगै लैजाने मानिसको भिसाको आवेदन दिइन्। १३ वटा इभेन्टका लागि समीक्षा अस्ट्रेलिया जाने तयारीमा थिइन।

गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार

त्यसको लागि मोटो रकम एड्भान्स लिइसकेकी थिइन्। अहिले आफूलाई केयर गर्ने भन्दै अर्की महिलाको आवेदन दिन नेपालस्थित अस्ट्रेलियन दूतावास गइन्। तर, दूतावासले पहिले लगेको केयर टेकर उतै छाडेको कारण अर्को केयर टेकरलाई भिसा दिन त परेको कुरा उल्टै समीक्षाकै भिसा रुद्ध गर्‍यो।

समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन। यस विषयमा समीक्षाले मौन छिन्।

जानकारहरूका अनुसार यस्ता भिसा रद्द भएको व्यक्तिले पुनः अप्लाइ गर्दा तीन वर्षसम्म रोक लाग्न सक्ने बताएका छन्।

नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी

समीक्षा अधिकारीको एक दिनमै ७ वटा गीत रेकर्ड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved