गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार

उनले साङ्गीतिक कार्यक्रम प्रस्तुत दिन लाग्दा उनी माथि ढुङ्गा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। ढुङ्गा प्रहार गरिए पश्चात् समीक्षाले भनिन् ‘‘यसो नगरिइदिनुस् तपाईँको घरमा पनि दिदी बहिनी होलान्। राम्रोनराम्रो भन्ने त जसको पनि भइहाल्छ नि।’’

नेपालभ्युज

गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार

काठमाडौं। गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको छ। संखुवासभा खाँदबारी पाङ्ठामा शुक्रबार राति भएको एक साङ्गतिक कार्यक्रममा समीक्षामाथि केही युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।

उनले साङ्गीतिक कार्यक्रम प्रस्तुत दिन लाग्दा उनी माथि ढुङ्गा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। ढुङ्गा स्टेजमा फलिए पनि उनलाई लागेको देखिँदैन।

ढुङ्गा कसले प्रहार गर्‍यो भन्ने कुरा खुल्न सकेको छैन। ढुङ्गा प्रहार भए पनि अधिकारीले गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन्।

ढुङ्गा प्रहार गरिए पश्चात् समीक्षाले ‘‘यसो नगरिइदिनुस् तपाईँको घरमा पनि दिदी बहिनी होलान्। राम्रोनराम्रो भन्ने त जसको पनि भइहाल्छ नि।’’

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको संखुवासभा प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved