कोशी सहितका पहाडी भेगमा वर्षाको सम्भावना, केही ठाँउमा हुरी चल्ने

नेपालभ्युज

कोशी सहितका पहाडी भेगमा वर्षाको सम्भावना, केही ठाँउमा हुरी चल्ने

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसोपख भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक वदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ । आगामी केही दिन देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अझै केही दिन अत्याधिक गर्मीको सम्भावना भएकाले आवश्यक तयारी र सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव २ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved