समीक्षा अधिकारीको खुलासा- पल शाहका मान्छेले मार्दिने धम्की दिएपछि मुद्दा फिर्ता लिएँ

उनी भन्छिन्- उहाँको माया लाग्यो। मसँग अरू अप्सन पनि थिएन। जे भए नि माया गरेको मान्छे हो

नेपालभ्युज

समीक्षा अधिकारीको खुलासा- पल शाहका मान्छेले मार्दिने धम्की दिएपछि मुद्दा फिर्ता लिएँ

काठमाडौं। आफूलाई ‘मार्दिने र गायब बनाइदिने धम्की आएपछि’ आफ्नो सुरक्षाका लागि अभिनेता पल शाहविरुद्धको मुद्दा फिर्ता लिएको गायिका समीक्षा अधिकारीले बताएकी छिन्।

एपीवान टलिभिनजबाट प्रसारण भएको ‘द प्रकाश सुवेदी शाे’मा दिएको अन्तरवार्तामा उनले कानुनी लडाइँबाट आफूले आफ्नो सुरक्षाका लागि मुद्दा फिर्ता गरेको खुलासा गरेकी हुन्।

अभिनेता शाहका मानिसहरूले मारिदिने, गायब पारिदिनेसम्मको धम्की दिएको भन्दै उनले आफ्नो सुरक्षाका लागि मुद्दा फिर्ता गर्नुपरेको उल्लेख गरेकी हुन्। कार्यक्रम सञ्चालकले अन्तरवार्ताको सुरूमै के कुराले मुद्दाले किनारा पायो र तपाईँले सुरूमा मुद्दा दायर गरेर किन फिर्ता लिनुभयो भनेर सोधेका थिए।

‘‘अब यस्तो हो, बाहिर त हल्ला जे पनि चल्छ, अब हल्लाकै भरमा त्यो सत्य भन्नेचाहिँ हुँदैन। अब त्यस्तो भन्दा पनि मेन त उहाँकै माया लागेर हो’’, उनले मुद्दामा ‘होस्टाइल’ हुनुको कारण दिएकी छन्।

त्यसपछि सुबेदीले मुद्दा हाल्ने बेलामाचाहिँ माया लागेको थिएन भनेर प्रतिप्रश्न गरे।

‘‘मुद्दा हाल्ने बेलामा पनि धेरै कुराहरू छन् दाइ। मैले त्यतिकै त्यहाँ गएर मुद्दा हालेकोचाहिँ होइन। त्यतिबेलाचाँहि मलाई उहाँकै टिमबाट, उहाँ नै चाहिँ भन्दिन म। उहाँको टिमबाट मलाई मार्ने धम्की दिने, मार्दिने, गायब बनाइदिने कुरा आएको थियो। यस्तो थियो यहाँ मलाई एकदमै रिस्क थियो। त्यतिबेला मेरो दिनमा चारपाँचवटा गीत रेकर्ड हुन्थ्यो, अनि त्यतिबेलाचाँहि मलाई टर्चर दिने होइन। त्यस्तो भएर म घरमा गएर दुई–तीन महिना गएर बसेँ। पूरै डिप्रेसनमा थिएँ, त्यो टाइममा म। धम्की दिने यताउती त्यस्तो गर्नुहुन्थ्यो, अनि त्यो गरेपछिचाँहि आफ्नो सेफ्टी(सुरक्षा)को लागि पनि त्यो डिसिजन(निर्णय) गर्या हो। मलाई थाहा थिएन त्यो केस(मुद्दा)ले त्यति ठूलो रूप लिन्छ भनेर। अब यति हो कि म गलत छैन।’’, समीक्षाले जवाफमा भनेकी छन्।

सुवेदीले अगाडि समीक्षालाई मुद्दा दिएको एक वर्षको दौरानमा त्यस्तो के भयो र मुद्दा फिर्ता लिनुभयो भनेर थप खोतल्ने प्रयास गरेका छन्।
त्यसको जवाफ ‘फस्टमाचाँहि म गलत छँदै छैन’, भनेर दिन्छिन् अनि सुवेदी पुनः बयानचाहिँ कसरी फिर्ता लिनुभयो? भनेर सोध्छन्।

‘‘उहाँको माया लाग्यो। मसँग अरू अप्सन(विकल्प) पनि थिएन। जे भए नि माया गरेको मान्छे हो, त्यही भएर’’, समीक्षाले जवाफ दिएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved