सलमाननिवास गोलीकाण्ड : मृतक अभियुक्तको परिवारले भन्यो – प्रहरीले हत्या गर्यो

नेपालभ्युज

सलमाननिवास गोलीकाण्ड : मृतक अभियुक्तको परिवारले भन्यो – प्रहरीले हत्या गर्यो

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका एक युवकको हिरासतमै मृत्यु भएको खबर बाहिरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबका अनुज थापन क्राइम ब्रान्चको कारागारमा मंगलबार राति बाथरूममा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

झुन्डिएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा पुगेपछि उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

यस विषयमा विभिन्न टिका टिप्पणी भइरहेको छ ।

यसैबीच अनुजका परिवारले हिरासतमा भएको आत्महत्याप्रति प्रश्न उठाएको छ ।

थापानका भाइ अभिषेकले यो आत्महत्या नभई प्रहरीले हत्या गरेको दाबी गरेका छन्। ‘उनी आत्महत्या गर्ने मान्छे थिएनन्। हामी न्याय चाहन्छौं,’ उनले भने।

अनुजको परिवारले पोस्टमार्टम मुम्बईबाहिर गर्न माग गरेको छ।

दबाबमा आएर प्रहरीले उनको हत्या गरी आत्महत्याजस्तो देखाएको परिवारको आरोप छ ।

१४ अप्रिलमा खानको ग्यालेक्सी अपार्टमेन्टमा ५ राउन्ड गोली चलेको थियो । दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए ।

उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए ।

घटनापछि सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved