नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी

नेपालभ्युज

नारीलाई साँच्चिकै मान्छौ भने आत्माबाट मान : समीक्षा अधिकारी

काठमाडौं । गायीका समिक्षा  अधिकारीले  साँच्चिकै नारीलाई मान्छौ भने आत्माबाट मान्न आग्रह गरेकी छन् । बुधबार सामाजिक संजालमार्फत उनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको  शुभकामना दिदैं  फेसबुक स्टाटस र भाषणमा मात्रै नभई व्यवहारमा नारीलाई सम्मान गर्न आग्रह गरेकी हुन्  ।

‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओडेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे’ उनले लेखेकी छन्, ‘नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुनेँ,देखेँ ।’

उनले अगाडि लेखेकी छन्, ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नाकी फेसबुके स्टाटस र तिम्रो भाषणमा।’

नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी आज महिला दिवस मनाइएको छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved