समीक्षा अधिकारीको एक दिनमै ७ वटा गीत रेकर्ड

नेपालभ्युज

समीक्षा अधिकारीको एक दिनमै ७ वटा गीत रेकर्ड

काठमाडौं। झण्डै एक वर्षको विश्राम र केही समयअघिको अष्ट्रेलिया भ्रमणपछि गायनमा फर्किएकी गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् ।

समिक्षाले एकै दिन सातवटा गीत रेकर्ड गरेको आफैंले फेसबुकमा सोमबार लेखेर जानकारी दिएकी हुन् ।

समीक्षा १५ महिना अघिसम्म निकै व्यस्त र दैनिक गीत रेकर्डीङबाट उच्च आम्दानी गर्ने गायिका थिईन। उनको त्यस्तै व्यस्तता फेरी सुरु भएको छ। उनले केही समय अगाडी पशुपति शर्माको स्वरमा पहिले रेकर्ड भएको गीतलाई महिला स्वर दिएकी थिईन। त्यो गीत अहिले सर्वाधिक सुनिने र टिकटकमा भाईरल भैरहेको छ।

कास्कीमा जन्मिएकी समिक्षा केही वर्षदेखि काठमाडौं बसेर गायनमा व्यस्त छिन्। उनी मोडलिङ तथा मेला महोत्सवमा समेत व्यस्त हुने गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved