फओअप :

पूर्वी रुकुममा मेला हेर्न गएकी युवतीलाई दुर्व्यवहार गर्ने चारजना युवा पक्राउ

रुकुमकोट ८ की मगर थरकी युवतीलाई दुर्व्यवहार गर्ने चारै जना भूमे गाउँपालिकाका हुन्। उनीहरूले भूमे गाउँपालिका १ लुकुममा साउन पहिलो साता भएको ‘झाँक्री मेलामा’ युवतीलाई घेरेर जबर्जस्ती लैजान खोजेका थिए ।

नेपालभ्युज

पूर्वी रुकुममा मेला हेर्न गएकी युवतीलाई दुर्व्यवहार गर्ने चारजना युवा पक्राउ

काठमाडौं। पूर्वी रुकुममा मेला हेर्न गएकी युवतीलाई दुर्व्यवहार गर्ने चारजना युवा पक्राउ परेका छन्। शुक्रबार नेपालभ्युजले युवतीलाई दुर्व्यवहार गरेको भिडिओसहितको सामग्री प्रसारण गरेको थियो । शनिबार ती युवा पक्राउ परेका हुन्।

रुकुमकोट ८ की मगर थरकी युवतीलाई दुर्व्यवहार गर्ने चारै जना भूमे गाउँपालिकाका हुन्। भूमे २ खावाङका ४० वर्षका जयकुमार पुन, वर्ष २६ का विकास पुन, वर्ष २६ का कमल पुन र २९ वर्षका विकास रोका पक्राउ परेको रुकुम पूर्व प्रहरीले जनाएको छ।

पक्राउ परेका जयकुमार पुन वडाध्यक्ष नारायण पुनका सहोदर भाइ हुन्। जयकुमार पुन यसअघिका वडासदस्य समेत हुन्। पीडकहरू जनप्रतिनिधिकै आफन्तहरू परेकाले उनीहरूलाई छुटाउन जनप्रतिनिधिले पहल गरेका थिए। अनन्त उनीहरू सफल भएनन्।

उनीहरूले भूमे गाउँपालिका १ लुकुममा साउन पहिलो साता भएको ‘झाँक्री मेलामा’ युवतीलाई घेरेर जबर्जस्ती लैजान खोजेका थिए । घटना ४ साउनको दिउँसो २ बजेको हो।

पीडित युवती केटाहरूको हात टोकेर बल्ल–बल्ल उम्केकी थिइन्। त्यति गर्दा पनि पछि लाग्न नछाडेपछि ढुङ्गा हानेर युवाको समूहलाई लखेटेकी थिइन्। घटना हुँदा देख्ने अरू मानिससमेत बचाउन नआएको पीडित युवतीको गुनासो छ।

एक युवतीलाई केटाको समूहले तानेर दुर्व्यवहार गरेको घटना रुकुम पूर्वको (पीडितको बयानसहित)

रुकुमकोटमा साउने संक्रान्तिलाई तिवार–राँखे पर्वको रूपमा भव्य रूपले मनाउने प्रचलन छ। सोही चाडको अवसरमा रुकुम पूर्वको लुगुम गाउँमा हरेक वर्ष साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार या शनिबार पारेर गाउँका झाँक्रीहरू मिलेर पर्व मनाउने चलन छ। त्यही मेलामा युवती गएकी थिइन्।

पीडित युवतीले दिएकी जाहेरी

पीडित युवतीले दिएकी जाहेरी

गत वैशाखमा टकशेरा भन्ने ठाउँमा पनि चार जना युवाले एक युवतीलाई जबर्जस्ती गाडीमा हालेर लगेका थिए। प्रहरीले कारबाही गर्न खोजेको थियो। तर, पालिकाकै उपाध्यक्षलगायतले गाउँमा चलिआएको चलन भन्दै पीडकलाई बचाएका थिए।

अबला नारीमाथि केटाहरूको दुर्व्यवहार, जबरजस्ती तानेर बिहे (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved