टिप्पणी

परमाणु बमका पिता ओपेनहाइमरले किन पढ्थे गीताका श्लोक ?

सिनेमा परमाणु बमका पिता मानिने वैज्ञानिक जुलियस रोवर्ट ओपेनहाइमरको वायोपिक हो । सिनेमामा गीताको श्लोक ओपनहाइमरले दुईपटक पढेको देखाइन्छ । पहिलो पटक–परमाणु बम परिक्षणपछिको भाषणमा, दोस्रोपटक–यौन सम्पर्कको समयमा ।

नेपालभ्युज

परमाणु बमका पिता ओपेनहाइमरले किन पढ्थे गीताका श्लोक ?

क्रिस्टोफर नोलान निर्देशित हलिउड चलचित्र ओपेनहाइमर यतिखेर विश्वव्यापी चर्चामा छ । चर्चाका धेरै कारण छन् तीमध्ये एक हो—सिनेमाको एक दृष्यमा ओपेनहाइमरले गीताको श्लोक पढेको देखाइन्छ ।

सिनेमा परमाणु बमका पिता मानिने वैज्ञानिक जुलियस रोवर्ट ओपेनहाइमरको वायोपिक हो । सिनेमामा गीताको श्लोक ओपनहाइमरले दुईपटक पढेको देखाइन्छ । पहिलो पटक– परमाणु बम परिक्षणपछिको भाषणमा, दोस्रोपटक–यौन सम्पर्कको समयमा ।

को थिए ओपेनहाइमर ?

ओपेनहाइमरको जन्म सन् १९०४ अप्रिल २२ मा न्यूओर्कमा भएको थियो । उनका मातापिता र्जमनीबाट आएका यहुदी आप्रवासी थिए । उनको परिवार कपडाको व्यापार गर्थ्यो । निक्कै धनी परिवार थियो ।

उनले हार्वड विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातक र जर्मनीबाट भौतिकशास्त्रमा विद्यावारिधी गरेका थिए । सन् १९३६ मा क्यालिफोर्निया विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक बनेका थिए ।

सन् १९४२ मा उनी म्यानहटन प्रोजेक्टमा सामेल भए । यो दोस्रो विश्वयुद्धताका परमाणु हतियार विकासका लागि अनुसन्धान गर्ने अमेरिकी सरकारको विशेष परियोजना थियो । यसलाई बेलायत र क्यानाडाको समेत समर्थन र सहयोग थियो । यसको लस एल्मोस प्रयोगशालामा बम डिजाइन गरिन्थ्यो र प्रयोगशालाका प्रमुख ओपेनहाइमर थिए । यही परियोजनाले संसारको पहिलो परमाणु बम बनाएको थियो ।

परमाणु बम महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको E=MC^2 को सिद्धान्तमा आधारित थियो तर, त्यसको व्यावहारिक डिजाइन यो शुत्रमा थिएन । आइन्स्टाइन र ओपेनहाइमर नजिकका साथी थिए । परमाणु बमको व्यावहारिक डिजाइन निर्माण गर्न उनले आइन्स्टाइनसँग पनि बारम्बार छलफल गर्ने गर्थे ।

ट्रिनटी टेस्टः

सन् १९४५ जुलाई १६ मा पहिलोपटक परमाणु बमको परिक्षण गरियो । यस अभियानको सम्पूर्ण कमाण्ड वैज्ञानिक ओपनहाइमरको हातमा थियो र नाम ‘ट्रिनिटी टेस्ट’ राखिएको थियो । ट्रिनिटी टेस्ट न्यू मेक्सिकोको ५६ वर्गकिमी क्षेत्रफल भएको निर्जन अलामोगोर्दो मरुभूमिमा गरिएको थियो ।

ओपनहायमर स् रुन्चे बैज्ञानिक, आइन्सटाइन र भागवत् गीता

परमाणु बम परिक्षणपछिको एक अन्तर्वार्तामा उनले भनेका थिए— अब म काल भएको छु, संसारको विनाशक ।

सन् १९४५ को अगष्ट ६ र ९ मा यी परमाणु बम जापानको हिरोसिमा र नागासाकी शहरमा खसाइए । अगष्ट ६ मा हिरोसिमामा खसाइएको परमाणु बमको नाम ‘लिटिल ब्वाइ’ थियो, यसले झण्डै १ लाख ४० हजारको ज्यान लिएको थियो ।

अगष्ट ९ नागासाकीमा खसाइएको बमको नाम ‘फ्याट म्यान’ थियो । यसले ६० देखि ८० हजार मानिषको मृत्यु भएको थियो । यी दुई घटनापछि दोस्रो विश्व युद्धमा जापानले आत्मसमर्पण गरेको थियो ।

फ्याट म्यान’ पछि परमाणु बमको प्रयोग भएको छैन ।

संस्कृत पढ्थे ओपेनहाइमरः

विद्यार्थी उमेरमा उनी कम्युनिष्ट विचार र भारतीय साहित्यमा रुचि राख्थे । प्रारम्भमा उनले भारतीय साहित्यका अंग्रेजी अनुवाद पढे । तर, गीताका श्लोकले उनलाई असाध्यै आकर्षित गर्‍यो । भनिन्छ– गीताका मौलिक श्लोक पढ्ने आकांक्षाले उनले संस्कृत भाषा सिकेका थिए ।

ओपेनहाइमरले आफ्ना भाइ फ्रांकलाई लेखेको एक चिठ्ठीमा गीताको चर्चा गरेका थिए — “गीता दर्शनशास्त्र सुन्दर गीत हो । यो बढो सरल छ । प्रत्येक श्लोकले मान्छेको मनलाई छुन्छन् । दर्शनको ज्ञान यति सरल तरिकाले अरु कुनै पनि भाषामा छैन ।”

ओपनहाइमरको विचार, व्यक्तित्व र जीवनी पढ्दा उनले बेलाबेला गीताका श्लोक उच्चारण गर्थे भन्ने कुरामा सत्यता छ । तसर्थ सिनेमामा देखाइएको दृष्य कल्पनिक हैन । सिनेमाका जुनबेलाका जुन श्लोक देखाइएको ठीक त्यस्तै नभएको हुन सक्दछ, तर ओपनहाइमर गीताका श्लोक उच्चारण गर्न शौखिन थिए, यो सत्य हो ।

कुन श्लोक प्रयोग भएको छ सिनेमामा ?

सिनेमामा गीताको अध्याय ११ को ३२औं श्लोक प्रयोग भएको छ । यो श्लोक संस्कृतमा यस्तो छ ।

कालोऽस्मी लोकक्षयकृत्प्रोबृद्धो लोकान्माहर्तुमिह प्रवृत्तः
ऋतेऽपि त्वां न भबिष्यन्ति सर्वे येऽवस्थिताः प्रत्यनीकेषु योधाः

यसको अर्थ हुन्छ– म संसारलाई ध्वस्त पार्ने काल हुँ । म अहिले सबैलाई नाश गर्न यहाँ आएको छु । तिमी नभए पनि यी दुवैतिरका सबै सैनिक मारिने नै छन् ।

कृष्णले यो बाक्य अर्जुनलाई युद्धमा उनको स्थान सम्झाउन भनेका छन् । कृष्णले यो श्लोकमार्फत् यो प्रष्ट गर्दैछन् कि युद्धमा अर्जुनको भूमिका निमित्त हो । अर्जुन नलडे पनि महाभारतको युद्ध हुन्छ र दुवैतिरका योद्धा मारिन्छन् नै भने युद्धप्रति गुनासो गर्नु आवश्यक छैन ।

मिल्दो थियो यो श्लोक ओपेनहाइमरको नियतिसँग । दोस्रो विश्वयुद्ध हुनुको मुख्य कारण वैज्ञानिकहरु थिएनन् । आइन्स्टाइन वा ओपेनहाइमरको कारणले त्यो युद्ध भएको थिएन । त्यो हिटलर र मुसिलिनीजस्ता अहंकारी र निरंकुश शासकबाट सृजित महाविपत्ति थियो । युद्ध यसै भइरहेको थियो, उसै भइरहेको थियो । मान्छे यसै मरिरहेका थिए, उसै मरिरहेका थिए ।

युुद्ध अझै कति लम्बिन्थ्यो र थप कति मर्नेवाला थिए कुनै टुंगो थिएन । परमाणु बम विनाशक त थियो नै अहंकारको राजनीतिमाथि विज्ञानको विजय पनि थियो । शक्तिमाथि ज्ञानको विजय पनि थियो । मुढतापूर्ण अभिमानभन्दा वैज्ञानिक ज्ञान झनै बढी शक्तिशाली हुन सक्दछ भन्ने प्रमाण पनि थियो ।

ओपेनहाइमरले परमाणु बम बनाउँदैनथे, अमेरिकाले जापानको हिरोसीमा र नागासकीमाथि बम खसाल्दैथ्यो भने के जापानले आत्मसमर्पण गर्थ्यो ? के जापानले आत्मसमर्पण गर्दैनथ्यो भने दोस्रो विश्वयुद्धको अन्त्य हुन्थ्यो ?

यी इतिहासले अनुत्तरित छोडेका प्रश्न हुन् । कम्तीमा दोस्रो विश्वयुद्धपछि त्यति ठूलो युद्ध भएको छैन अहिलेसम्म ।

गीता ओपनहाइमरको एकान्तको साथी

ओपनहाइमर विवाहित थिए । उनकी पत्नी थिइन्–क्याथरिन । क्याथरिनबाट उनका दुई सन्तान पनि भए । तर, उनको विवाह सन् १९४० मा भएको थियो जब उनको म्यानहटन प्रोजेक्टमा सामेल हुने दिन आइसकेका थिए ।

परमाणु हतियार अनुसन्धानका बेला उनी अक्सर एकान्तमा बस्थे । सोच मग्न हुन्थे । उनले आफ्नो सबै पैत्रिक धन एक परोपकारी संस्थालाई दान दिएका थिए । अमेरिकी सरकारले दिएको तलबमा उनी बाँच्न पर्थ्यो । त्यस्तो बेला गीताका श्लोक उनका साथी बन्थे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved