एकीकृत समाजवादीको निष्कर्ष – पार्टी एक ढिक्का छ

नेपालभ्युज

एकीकृत समाजवादीको निष्कर्ष – पार्टी एक ढिक्का छ

काठमाडौं । जनता समाजवादी पार्टीमा विभाजन भएपछि बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले पार्टी एक ढिक्का रहेको निष्कर्ष निकालेको छ।

‘जनता समाजवादी पार्टी विभाजन भयो। हाम्रो पार्टीका बारेमा अनेक हल्ला चलाइयो। ६ जना सांसद यहाँ गए, ७ जना सांसद त्यहाँ गए। योसँग भेटे भन्ने ढंगले कपोलकल्पित समाचाहरू पनि आएका पनि हामीले सुन्यौँ। तर त्यस बारेमा हाम्रो पार्टी प्रष्ट छ’, बैठकपछि एक सांसदले भने।

उनले आफ्नो संसदीय दलका सदस्यहरू, पार्टीका सांसदहरू कहीँ कतै पनि नगएको बताए। ‘साँठगाँठ पनि गर्नुभएको छैन। एकताबद्ध भएर नेकपा एकीकृत समाजवादीलाई बलियो बनाउन चाहन्छौँ। र यो पार्टीको भूमिकालाई संसद् र बाहिर एक ढिक्का छौँ’, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved