आमालाई कुटेर हत्या गरी घरभित्रै जलाउने प्रयास गरेपछि…

आमालाई कुटेर हत्या गरी घरभित्रै जलाउने प्रयास गरेपछि…

धनुषा । सौतेनी आमालाई कुटेर हत्या गरी घरभित्रै जलाउने प्रयास गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेकोछ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, पथलैयास्थित अशोक जैसवालको घरमा डेरा गरी बस्दै आएका २० वर्षिय प्रेम भगतलाई सौतेनी आमाको हत्या गरेको आरोपमा शनिबार प्रहरीले पक्राउ गरेको  हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदबहादुर गौतमले टाउकोमा चोटपटक लागेको तथा शरीरका विभिन्न भाग जलेको अवस्थामा ३९ वर्षीया मिरा भगतको घरभित्रै शव भेटिएको बताए ।

घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा प्रेमले सौतेनी आमा मिरालाई काठको चिरपटले हिर्काएर हत्या गरी लुगा तथा सुतलीको बोराले छोपेर आगो लगाएको स्वीकार गरेपछि उनलाई प्रहरी नियन्त्रणमा लिइएको जानकारी दिए । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रेम भारतीय नागरिक भएको बताइएको छ । भारतको बिहार राज्य बेतिया जिल्ला नरकटियागङज गाउँमा प्रेमको घर रहेको छ । उनी यहाँ डेढ महिना अघि मात्र पिता राजु भगत र सौतेनी आमा मिरासँग बस्न आएका थिए ।

प्रेमका पिता राजुले गाउँकै विवाहित मिरासँग पाँच वर्षअघि दोस्रो विवाह गरेका थिए । घरमा खटपट शुरुभएपछि जेठी श्रीमती र जेठीपट्टीका छोराछोरीलाई घरमै छोडेर तीन वर्षअघि उनि नवविवाहिता श्रीमतीलाई लिएर नेपाल छिरेका थिए ।

नेपालमा उनिहरू गणेशमान चारनाथ नगरपालिकाकै मुर्गियामा घर भाडा गरी बसेका थिए । अशोक जैसवालको घरमा चार महिनाअघि मात्र डेरा सारेको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपमा पक्राउ परेका प्रेम राजुको जेठी पट्टीका कान्छो छोरा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved