विपनालाई ‘युग नायिका’को उपाधि 

नेपालभ्युज

विपनालाई ‘युग नायिका’को उपाधि 

काठमाडौं। अभिनेत्री विपना थापालाई काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा ‘युग नायिका’को उपाधि दिइएको छ ।

टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टले संयुक्तरूपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

विपनाको डेब्यु फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनलाई सम्मान प्रदान गरे ।

अभिनेत्री थापालाई  नृत्य निर्देशकहरू राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले संयुक्त रूपमा सम्मानित गरेका हुन् । ५० को दशकमा विपनाले थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved