आन्तरिक मामिलामा सीमा ननाघ्न अमेरिकालाई चीनको चेतावनी

नेपालभ्युज

आन्तरिक मामिलामा सीमा ननाघ्न अमेरिकालाई चीनको चेतावनी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न चेतावनी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा छन्। अप्रिल २६ मा ब्लिन्केन र वाङ यीले बेइजिङमा भेट भएको छ ।

बीबीसीका अनुसार वाङ यीले बैठकको सुरूवात एउटा प्रश्नको साथ गरे, जुन प्रश्न जस्तो कम र चेतावनी बढी थियो।

उनले भनेका थिए, ‘के चीन र अमेरिकाबीचको सम्बन्ध सही दिशामा गइरहेको छ ? वा सम्बन्ध कमजोर हुँदैछ ?’

‘चीन र अमेरिकाबीचको सम्बन्धमा स्थिरता आएको छ । तर, अझै पनि यसमा नकारात्मक पक्षहरू छन्।’ उनले बैठकमा भने ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक वर्षमा दोस्रो पटक चीनको भ्रमण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved