पूर्वकर्मचारीलाई देउवाको निर्देशन : आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने काम गर्नुस्

नेपालभ्युज

पूर्वकर्मचारीलाई देउवाको निर्देशन : आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने काम गर्नुस्
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैठौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको देउवाले बताए ।

उनले सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताए ।

जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने उनको भनाई छ ।

साथै, उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved