नेपालको मौसम र राजनीति उस्तैउस्तै हो : माधव नेपाल

नेपालभ्युज

नेपालको मौसम र राजनीति उस्तैउस्तै हो : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको उनले टिप्पणी गरे ।

नेपालले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

राजनीतिक स्थायित्व देशलाई चाहिएको उनको भनाई छ । उनले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए ।

देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने नेपालको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved