टेलिभिजन कार्यक्रम लिएर आए उद्यमी सौरभ ज्योति

नेपालभ्युज

टेलिभिजन कार्यक्रम लिएर आए उद्यमी सौरभ ज्योति

काठमाडौं । भ्लगिङमा समेत सक्रिय उद्यमी तथा ज्योति ग्रूपका निर्देशक सौरभ ज्योति टेलिभिजन कार्यक्रम लिएर आएका छन् । भ्लगमार्फत युवापुस्तामा आशा र प्रेरणा छर्ने काम गरिरहेका उनले टिभी टक शो ‘३६० लिडरसिप विथ सौरभ ज्योति’को ल्याएका हुन् ।

कार्यक्रमको प्रसारण हिमालय टिभीमा सुरु भएको छ । शोमा विभिन्न क्षेत्रमा स्थापित र योगदान पु¥याएका अग्रज व्यक्तिलाई बोलाएर छलफल गरिन्छ ।

पहिलो एपिसोडमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र दोस्रोमा जनमत पार्टीका अध्यक्ष सीके राउत अतिथि थिए ।

दोस्रो एपिसोडसम्म प्रसारण भइसकेको छ । टेलिभिजन पर्सनालिटी भूषण दाहाल र उपसभामुख इन्दिरा रानामगर लगायत आउँदो कार्यक्रममा अतिथी देखिँदैछन् ।

यो टक शो १२ एपिसोडसम्म तयार हुने जनाइएको छ । शोको निर्माण मिडिया नाइन प्रोडक्सनले गरेको हो । निर्मातामा नवीन भट्ट छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved