हलमा चल्न नसकेको फिल्म ‘चौका दाउ’ युट्युबमा चम्कियो
नेपाल भ्युज
काठमाडौं। हलमा चल्न नसकेको नेपाली चलचित्र ‘चौका दाउ’ युट्युबमा भने चम्किैको छ। गत बिहीबार मात्र ओएसआर डिजिटलमार्फत अपलोड गरिएको फिल्म युट्युब ट्रेन्डिङका नम्बर वानमा आएको छ। फिल्म अपलोड गरिएको दिनदेखि नै लगातार पाँच दिनसम्म ट्रेन्डिङका नम्बर वनमा रहेको छ। फिल्म बुधबारबारसम्म ११ लाखभन्दा बढीले युट्युबमा त हेरिरहेका छन्।
लोकप्रिय गायक, संगीतकार, तथा गीतकार शम्भुजित बासकोटाद्वारा निर्मित फिल्म गलत रिलिज डेटको शिकार भएको थियो। विभिन्न समसामयिक राजनीतिक तथा सामाजिक विसंगति एवं महिला शोषण र भ्रष्टाचारको विषयमा हास्य रसपूर्ण छ। फिल्म पूर्णेन्दु झाले निर्देशन गरेका हुन् ।
सन्तोष पन्त, तैयब शाह, रवीन्द्र झा, विलशन विक्रम राई, निर्मल शर्मा, वर्षा राउत, अप्सरा ढुंगाना, सोनिका केसीलगायतका कलाकारले अभिनय गरेको फिल्मका गीत लोकप्रिय छन्। फिल्ममा शम्भुजित बासकोटाको कथा र संगीत, अभिमन्यु निरवीको पटकथा, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, दीर्घ गुरुङको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ।