भारतले गर्‍यो चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

नेपालभ्युज

भारतले गर्‍यो चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं । भारतले चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ‘The Embankment and Launching Apron Dhungre Khola River Training Works’ को निर्माण गरेको छ । ‘नेपाल–भारत विकास सहकार्य’ मा भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा उक्त परियोजना निर्माण गरिएको हो ।

परियोजनाको शुक्रबार खैरहनी नगरपालिकाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरे ।


उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद्विरुद्ध जुझ्न, पूर्व तयारी गर्न र सहनशील बन्न मद्दत पुग्ने बताइएको छ ।

कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । 

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवीको पनि उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved