अब अन्तरिक्षमै विवाह, शुल्क एक करोड भारु, १ हजार जनाले गरे बुकिङ

नेपालभ्युज

अब अन्तरिक्षमै विवाह, शुल्क एक करोड भारु, १ हजार जनाले गरे बुकिङ

एजेन्सी। गन्तव्य विवाहहरू अहिले सामान्य भइसकेका छन्। रमणीय परिदृश्यले घेरिएको प्रकृतिको काखमा आफ्नो माया लिएर विवाह गर्ने अहिलेको चलन बनेको छ ।

अब एउटा कम्पनीले एक कदम अगाडि बढ्दै प्रतिव्यक्ति १ करोड भारुमा अन्तरिक्षमा विवाह गर्न दिने भएको छ । स्पेस पर्स्पेक्टिभ नामक कम्पनीले पृथ्वीको उत्कृष्ट दृश्य हेर्नका लागि कार्बन न्यूट्रल बेलुनमा पठाएर दम्पतीहरूलाई विवाह गर्ने अवसर प्रदान गर्ने घोषणा गरेको छ।

यो यानले एक पटकमा  आठ यात्रु र एक पाइलटलाई आरामदायी सिटमा राख्न सक्छ ।छ घण्टाको उडान सबैभन्दा अचम्मको हुने अपेक्षा गरिएको छ किनभने यसले पाहुनाहरूलाई पृथ्वीबाट १ लाख फिट माथि उठाउन सक्छ र त्यसपछि तल फर्कन सक्छ।

स्पेसमा विवाह गर्ने कार्यक्रम सन् २०२४ मा सुरु गर्ने योजना छ र कम्पनीले पहिले नै १ हजार टिकट बेचेको छ। वेवसाइटका अनुसार उडान अवधिभर मानिसहरुले पूर्ण मजा लिन सक्नेछन् ।

तिनीहरूले मदिरा खान र आफ्ना सहयात्रीहरूसँग कुराकानी गर्न सक्छन्।यस्तै, उच्च गतिको वाईफाईले यात्रुलाई आफ्नो परिवारसँग सम्पर्क गराउनेछ । पृथ्वीमा रहेका आफन्तले अन्तरिक्षमा पुगेकाहरुसँग सम्पर्क गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved