शंकर कँडेल मृत्यु प्रकरण

सीएसँग मिलेर कम्पनी घाटामा गएको देखाउँदै एक्लै नाफा लिन्थे प्रदीप रुङ्टा

प्रदीप रुङ्टा र चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । त्यसलगतै भागेका उनीहरू भारतमा लुकेको आशंका छ। जिल्लाका लोकप्रिय व्यवसायी कँडेल वैशाख १९ गते नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए।

नेपालभ्युज

सीएसँग मिलेर कम्पनी घाटामा गएको देखाउँदै एक्लै नाफा लिन्थे प्रदीप रुङ्टा
प्रदीप रुङ्टा र शंकर कँडेल

काठमाडौं। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा पक्राउ पुर्जी जारी भएका भारतीय मारवाडी प्रदीप रुङ्टा फरार छन्।

प्रदीप रुङ्टा र चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । त्यसलगतै भागेका उनीहरू भारतमा लुकेको आशंका छ। जिल्लाका लोकप्रिय व्यवसायी कँडेल वैशाख १९ गते नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए।

घटनाको १२ दिन भइसकेको छ। प्रहरीले अनुसन्धान गरिरहे पनि दुई आरोपी भागेका छन् । पीडितका परिवारले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए। उनी भन्छन्, ‘‘उजुरीपछि प्रदीप रुङ्टा र जीवन रावल भागेका छन् । दुवै जनाको खोजी भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।’’

प्रदीप रुङ्टा र जीवन रावल दुवै जना कँडेलका व्यावसायिक साझेदार थिए। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए। रुङ्टा भारतीय मारवाडी हुन्। शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको घटनास्थलमा भेटिएको सुसाइट नोटमा उल्लेख छ।

पोल्ट्री क्षेत्रमा संकट आएसँगै व्यवसाय छाडेका शंकर कँडेल मृत फेला

यस्तो छ आत्महत्याको कारण

अनमोल फिड्स प्रालिको कम्पनी प्रेमबस्तीमा छ। पश्चिम घर भएका कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावललाई कँडेलले चितवनमै घर बनाएर राखिदिएका थिए। तर, रावलले रुङ्टासँग मिलेर हिसाब मिलान गर्दा कँडेललाई भार पारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन्। कम्पनीको ८५ प्रतिशत शेयर प्रदीप रुङ्टाले किनेका छन्।

दुईजना मिलेर व्यवसाय घाटामा गएको देखाएर नाफा खाएको अनुसन्धानबाट खुलेको छ। शंकर कँडेललाई भने घाटा देखाएर डुबाउँदै आएका थिए। त्यसैको पीडाले कँडेलले आत्महत्या गर्न बाध्य हुनुपरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

अनुसन्धानमा संलग्न रहेका अधिकारीले भने, ‘‘संयुक्त पुँजी कम्पनी रहेको सो व्यवसाय सीएसँग मिलेर घाटामा गएको देखाएर प्रदीप रुङ्टाले एक्लै नाफा लिएको देखिएको छ। त्यस्तो हिसाब देखाएबापत सीएले कमिसन पाउँथे। बाँकी खुल्न बाँकी छ।’’ मृतक कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य समेत थिए।

जब २१ सय ‘एक्जाम फी’ तिर्न नसक्दा जीतबहादुरले पढाइ मात्रै होइन धर्ती नै छाड्नुपर्‍यो

परीक्षा हलबाट निकालिएपछि सिम्रनले गरिन् आत्महत्या, विरोधमा चितवन मेडिकल कलेज तनावग्रस्त

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved