जब २१ सय ‘एक्जाम फी’ तिर्न नसक्दा जीतबहादुरले पढाइ मात्रै होइन धर्ती नै छाड्नुपर्‍यो

उनी भन्छन्, ‘‘विद्यालयलाई दुई हजार एक सय शुल्क तिरेर प्रवेश पत्र लिनुपर्ने थियो। दैनिक ज्याला–मजदुरी गरेर जसोतसो गुजारा चलाउँदै आएकाले समयमा पैसा तिर्न सकेका थिएनौँ । छोराले प्रवेश पत्र नपाएपछि घर आएर विष खाएछ।’’

जब २१ सय ‘एक्जाम फी’ तिर्न नसक्दा जीतबहादुरले पढाइ मात्रै होइन धर्ती नै छाड्नुपर्‍यो

काठमाडौं। १९ वर्षीय जेठो छोरो जीतबहादुर सार्की पढाइमा उत्तिकै अब्बल। अनुशासन र अभिभावकप्रति आदर सद्भाव पनि उत्तिकै । ‘पढेर केही गर्ने’ हिम्मत बोकेको छोराको चाहना पूरा गर्न उनका अभिभावकले कुनै कञ्जुस्याइँ गर्ने थिएनन्। तर, विडम्बना अभिभावक स्वयम् चरम गरिबीमा थिए।

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्णबहादुर सार्कीका छोरा हुन् जीतबहादुर । कुनै पेसा व्यवसाय नभएका उनी गाउँका गरिब परिवारका हुन्।

गत चैतमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भए । धन्न बचे। निको हुँदै थिए। शरीर चलाउन बैसाखीको सहारा चाहिने भयो। जब १९ वर्षको लक्का जवान छोराले २१ वैशाखमा विष सेवन गरेर आत्महत्या गरे तब, कृष्णबहादुरको जिन्दगीको बैसाखी भाँचियो।

केही गर्ने अठोट बोकेका छोराको यो खबर बुवा कृष्णबहादुरले सुरुमा पत्याएनन्। तर, खबर सत्य थियो। आमा छाँगाबाट खसेझैँ भइन्। मृत्यु शाश्वत छ। तर युवा जीवनमा नबप्रवेशी छोराको अप्राकृतिक मृत्युले बिरामी बुवा अचेत भए, आमा छटपटाहट भनिसाध्य छैन। अर्थात्, उनीहरूको जीवनमा सूर्यग्रहण मात्रै लागेन बिहानै सूर्य अस्तायो।

नीरा हत्या घटनामा अर्को ट्विस्ट : घरपट्टीबाट भएको बेवास्ताले माइतीपक्षको बढायो आशंका

कक्षा १२ को वार्षिक परीक्षाका लागि २१ सय रुपैयाँ बुझाउन नसकेकै कारण विद्यालयले प्रवेश पत्र दिएन। परीक्षा दिन नपाउने भएपछि छोराले आत्महत्या गरेको कृष्णबहादुरको दाबी छ।

उनी भन्छन्, ‘‘विद्यालयलाई दुई हजार एक सय शुल्क तिरेर प्रवेश पत्र लिनुपर्ने थियो। दैनिक ज्याला–मजदुरी गरेर जसोतसो गुजारा चलाउँदै आएकाले समयमा पैसा तिर्न सकेका थिएनौँ । छोराले प्रवेश पत्र नपाएपछि घर आएर विष खाएछ।’’

अपाङ्गता भएर बाबु थलिएपछि भाइबहिनीसहित परिवारको जिम्मेवारी जीतबहादुरकै काँधमा आएको थियो । जीतबहादुर २० वैशाखमा प्रवेश पत्र माग्न स्कुल गए। प्रधानअध्यक्षपकले विद्यालयमा तिर्न बाँकी शुल्क र परीक्षा शुल्क मागे। हिसाब हेर्दा २ हजार १ सय तिर्न बाँकी देखियो। केही दिनअघि बुबाको उपचारको लागि सबै पैसा सकेका उनीसँग एक रुपैयाँ पनि थिएन। उनको पारिवारिक समस्या विद्यालयलाई थाहै थियो। तर, विद्यालयले उनको पीडा सुनेन।

‘‘गाउँमा चिनिजानेकासँग सापटी मागे। तर, दिएनन्। केही दिनमा दिन्छु अहिले प्रवेश पत्र दिनुस्,’’ उनले आग्रह गरे। तर, विद्यालयले पैसा तिरेपछि मात्रै प्रवेश पत्र लिएर जान भन्यो। अन्तत: उनी रित्तो हात घर फर्किए। त्यही रात उनले विष पिए। भक्कानिँदै कृष्णबहादुर सुनाउँछन्, ‘‘त्यही रात छोरोले विष खाएछ । भोलिपल्ट थाहा पाएपछि अस्पताल पुर्‍यायौँ । तर, बचाउन सकेनौँ।’’ संविधानमा निःशुल्क शिक्षा भनेपछि २१ सय रुपैयाँ तिर्न नसक्दा परीक्षा शुल्कको दुष्चक्रमा फसेर होनाहार युवाले ज्यानै फाल्नुपर्‍यो । छोराले आत्महत्या गर्नुको कारण निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै कृष्णप्रसादले प्रहरीमा उजुरी दिएका छन् ।

लोभी विद्यालय : तीन लाख अक्षयकोषमा भए पनि २१ सय छुट दिएन

जीतबहादुरको केशमा विद्यालयले कतिसम्म हेलाँहोचो गरेको छ भने झन्डै तीन लाख रुपैयाँको अक्षयकोषमा भए पनि २१ सय छुट दिएन। विद्यालयको यही हर्कतकै कारणले उनले ज्यान फाल्नुपर्‍यो।

विद्यालयले दुई लाख ९१ हजार अक्षयकोषको ब्याजबाट हरेक वर्ष विद्यार्थीलाई करिब ५० हजार जति छात्रवृत्ति दिँदै आएको छ । तर, गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्ति जीतबहादुरलाई दिइएन। विद्यालयमा जीतबहादुरको उपस्थिति हुनुपर्ने हाजिरी नपुगेको कारण नदिएको विद्यालयको दाबी छ।

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

पैसाकै कारण हामीले आजसम्म कुनै पनि विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित नगरेको प्रधानाध्यापक बलराम इटनीले दाबी गरे पनि जीतबहादुरसँगै अरू २ जनाले पनि प्रवेश पत्र पाएका थिएनन्। यो कुरा प्रधानाध्यापक इटनी आफैँले बताएका छन्।

उनले नेपाल भ्युजसँग भने ‘‘उनीसहित अरू २ जनाले पनि पाउन बाँकी थियो। घटना भएपछि बाँकी २ जना विद्यार्थीलाई घरमै लगेर मैले प्रवेश पत्र दिएँ। स्कुलको कारणले जीतबहादुरले आत्महत्या भने गरेका होइनन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved