परीक्षा हलबाट निकालिएपछि सिम्रनले गरिन् आत्महत्या, विरोधमा चितवन मेडिकल कलेज तनावग्रस्त

परिक्षाहलबाट बुधबार निकालिएपछि उनले आफ्नै कोठामा गएर आत्महत्या गरेको बताइएको छ । उनको आत्महत्यापछि चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ। घटनाको विरोधमा विद्यार्थीले अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका छन्।

नेपालभ्युज

परीक्षा हलबाट निकालिएपछि सिम्रनले गरिन् आत्महत्या, विरोधमा चितवन मेडिकल कलेज तनावग्रस्त

काठमाडौं। परीक्षा दिइरहेकी छात्रालाई शिक्षकले हलबाट जबरजस्ती बाहिर निकालेपछि आत्महत्या गरेकी छिन्। बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले आत्महत्या गरेकी हुन्। सिम्रनले कोठामा गएर कलेज ड्रेसमै आत्महत्या गरेकी थिइन ।

परीक्षाहलबाट बुधबार निकालिएपछि उनले आफ्नै कोठामा गएर आत्महत्या गरेको बताइएको छ । उनको आत्महत्यापछि चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ। घटनाको विरोधमा विद्यार्थीले अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका छन्।

परीक्षा दिइरहेकी थापालाई कलेजका शिक्षकले जबर्जस्ती हलबाट निकालेर तनाव दिएको र सोही कारण उनले कोठामा गई आत्महत्या गरेको विद्यार्थीको आरोप छ। उनीहरूले घटनाको छानबिन गरी दोषी शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।

पीडितले न्याय नपाएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको विद्यार्थी संघर्ष समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। बिहीबार डेन्टल ओपीडीबाहेक अन्य सेवा भने सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।

यसैबीच, मेडिकल विद्यार्थीहरूको छाता सङ्गठन फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्टसले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग राखेको छ।

फेडेरेसनले बिहीबार विज्ञप्ति जारी गर्दै विद्यार्थी संघर्ष समितिका मागप्रति ऐक्यबद्धता जनाएको छ। पछिल्लो समय विद्यार्थीलाई शिक्षकले मानसिक यातना दिने र यस्ता घटना बढ्दै गएको भन्दै शिक्षण शैलीलाई परिष्कृत गर्नुपर्ने माग राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved