संसदीय छानबिन समिति नबने संसद्को कामकारबाही अघि बढ्दैन : कांग्रेस

नेपालभ्युज

संसदीय छानबिन समिति नबने संसद्को कामकारबाही अघि बढ्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद गगन थापाले संसदीय छानबिन समिति गठन नगरी संसद्को कामकारबाही अघि बढ्न नसक्ने बताए । उनले त्यसको दोषी सरकार हुने पनि बताए ।

उनले संसदीय छानबिन समितिबाट आफूहरूको मागलाई गलत गर्न माग गरे । उनले संसदीय छानबिनका अतिरिक्त आफूहरुको अन्य माग नभएको बताए ।

थापाले प्रधानमन्त्रीले गृहमन्त्रीको बचाउ गर्ने क्रममा रोस्ट्रमबाटै झुट बोलेको बताए ।

थापाले बोलेपछि कांग्रेसले नाराबाजी गरेको थियो । उसले सहकारी पीडितलाई न्याय दिन भन्दै नाराबाजी गरे ।

कांग्रेसका विरोधका बीच सभामुखले भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्ने प्रयत्न गरेका थिए ।

त्यसो त थापाले बोल्नुअघि नै सभामुखले राष्ट्रपतिको कार्यालयबाट पत्रहरू प्राप्त भएको भन्दै त्यसको वाचन सुरु गर्न लाग्दा कांग्रेस सांसदहरू उठेका थिए । उनले कांग्रेसलाई बसेर सहयोग गरिदिन आग्रह गरेका थिए । सभामुखको आग्रहलाई कांग्रेस सांसदहरूले अस्वीकार गरेका थिए । त्यसपछि उनले कांग्रेस महामन्त्री गगन थापालाई तीन मिनेट समय बोल्न समय दिएका थिए ।

कांग्रेसले तीन मिनेटले नपुग्ने बताएका थिए । त्यसक्रमममा सभामुख र कांग्रेस सांसदबीच सामान्य विवाद भएको थियो । यस विषयमा कार्यव्यवस्थामा छलफल नभएको उठेको थियो ।

त्यसपछि मात्रै थापा बोल्न थालेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved