माधव नेपाललाई कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमा बोके पनि आपत्ति छैन : ओली

नेपालभ्युज

माधव नेपाललाई कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमा बोके पनि आपत्ति छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दुई साताअघिको एक अभिव्यक्तिको पुनः कटाक्ष गरेका छन् ।

आफू प्रधानमन्त्री बन्न लागेको भनेर कसैको मत भतभत पोलिरहेको भन्दै अध्यक्ष नेपालले ओलीतर्फ कटाक्ष गरेपछि ओलीले पुनः यसको जवाफ फर्काएका हुन् । ओलीले यसअघि पनि अध्यक्ष नेपालले प्रधानमन्त्री बन्न ‘हिरिकहिरिक’ गरिरहेको बताएका थिए ।

शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले नेपालको भनाइ उद्धृत गर्दै कटाक्ष गरे, ‘कहाँ प्रधानमन्त्री हुन आँटे ? कताबाट आँटे ? हामीलाई भनेको हो भने, हामीलाई कसैले प्रधानमन्त्री हुँदा, कोही प्रधानमन्त्री हुँदा पनि मन भतभत पोल्दैन ।’

ओलीले आफूहरूले वास्तविकतालाई सहज रुपमा स्वीकार गर्ने भन्दै ‍कांग्रेसतर्फ यो प्रसंगलाई जोडेका थिए । भने, ‘नेपाली कांग्रेसले त्यस्तो महानुभावलाई प्रधानमन्त्री बनाएर काँधमा होइन, टाउकोमा चढाएर बोक्छ भने पनि हामीलाई आपत्ति छैन । बोके हुन्छ ।’

यसबीचमा अध्यक्ष नेपाल कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री बन्ने चर्चा भएको थियो । ओलीको अभिव्यक्ति त्यसतर्फ लक्षित थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved