कांग्रेसले अवरोध कायमै राखेपछि संसद् जेठ १ गतेसम्म स्थगित

नेपालभ्युज

कांग्रेसले अवरोध कायमै राखेपछि संसद् जेठ १ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा (संसद्) बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध कायम नै राखेपछि बैठक १ गतेसम्मका लागि स्थगित भएको हो ।

यसअघि शुक्रबार नै दिउँसो  बैठक बसेको थियो । उक्त बैठकमा पनि कांग्रेसले नाराबाजी गरेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेल १५ मिनेटका लागि स्थगित गरेका थिए ।

त्यसपछि पुन: साँझ बसेको बैठकमा पनि कांग्रेसले अवरोध/नाराबाजी कायमै राख्‍यो । यसपछि सभामुख घिमिरेले कार्यसूचीका कार्यक्रम हटाएर स्थगित गरेका हुन् ।

अब अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्ने सूचना सभामुख घिमिरेले सदनभित्रै दिएका छन् ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । आज पनि उसले यही माग दोहोर्‍याएको थियो । कांग्रेस महामन्त्री गगनकुमार थापाले समिति नबनेसम्म सदन चल्ने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved