सहकारीबाट ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छोड्दिन्छु : लामिछाने

नेपालभ्युज

सहकारीबाट ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छोड्दिन्छु : लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनको परिसरमा सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो चुनौती दिएका हुन् ।

‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु ।’ लामिछानेले भने, ‘दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’

शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved