पोल्ट्री क्षेत्रमा संकट आएसँगै व्यवसाय छाडेका शंकर कँडेल मृत फेला

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुन्डिएको अवस्थामा फेला परेका हुन्।

नेपालभ्युज

पोल्ट्री क्षेत्रमा संकट आएसँगै व्यवसाय छाडेका शंकर कँडेल मृत फेला
शंकर कँडेल

चितवन। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनी अनमोल फिड्सका सञ्चालक हुन्। कँडेल झुन्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

उनी नेपाली कांग्रेस चितवनको यसअघिको कार्यकालमा कोषाध्यक्ष भएका थिए। पछि महासमिति सदस्य थिए।

पछिल्लो समय चितवनको पोल्ट्री क्षेत्रमा संकट आएसँगै उनले अनमोल फिड्स बेचेका थिए । दाना, ह्याचरी र कुखुरा फार्म सञ्चालन गरेका कँडेल सामाजिक व्यक्तित्वका रूपमा समेत जिल्लामा परिचित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved