रविलाई गगनको जवाफ : संसदीय समितिबाट प्रमाणित गर्नुस्, कांग्रेसलाई लज्जित गराइहाल्नुस्

नेपालभ्युज

रविलाई गगनको जवाफ : संसदीय समितिबाट प्रमाणित गर्नुस्, कांग्रेसलाई लज्जित गराइहाल्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् ।

यसअघि लामिछानेले ‘सहकारीबाट ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छोड्दिन्छु’ भन्दै चुनौती दिएका थिए ।

त्यसको जवाफमा संसद् भवनको परिसरमा सञ्चारकर्मीहरू कुरा गर्दै थापाले समिति बने चुनौती स्वीकार गर्ने बताएका हुन् ।

‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि ! गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’ उनले भने ।

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर प्रमाण लुकाइसकेको थापाले आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved