आलेख

अमेरिकी पुँजीवादको शक्ति

आर्थिक गतिशीलता र आर्थिक सुरक्षाबीच तनाव छ। हाम्रो संस्कृतिमा गहिरो जरा गाडेका कारणले पुँजीवादको अमेरिकी ब्रान्ड सधै गतिशिलतातिर, स्वतन्त्र बजार र सानो आकारको कल्याणकारी राज्यतिर झुकेको हुन्छ।

अमेरिकी पुँजीवादको शक्ति

शक्तिशाली मिसिसिपीको प्रवाह उत्तिकै हुँडेलिएको हुन्छ। यदि कोही यो नदीको छेउमा बसेको छैन भने यो चौडा र शक्तिशाली नदीबारे सोच्न पनि सक्दैन।

अमेरिकी पुँजीवाद पनि एक प्रकारले त्यस्तै हो। अमेरिका कसरी आर्थिक अवनतितिर जाँदैछ भनेर दन्त्यकथाहरु बनाउँन सकिन्छ। तपाई ‘नवउदारवाद’ को विरुद्ध बार लगाउँन सक्नु हुन्छ। तर अमेरिकी अर्थतन्त्रले यस्को वास्ता गर्दैन। यो बगिरहन्छ।

द इकोनोमिस्ट म्यागजिनले विगत ३ दशकदेखि अमेरिकी अर्थतन्त्रको कार्यसम्पादनबारे रिपोर्ट प्रकासित गर्दछ। तथ्यांक र प्रमाणहरुको ओइरो लगाएर लेखहरुले सधै यो कुरामा जोड दिएको हुन्छ– अवनति त टाढाको कुरा अमेरिकी पुँजीवाद हाबी हुने र अघि बढ्ने खालको छ। उदाहरणका लागि सन् १९९० मा फर्कियौं, अमेरिकाको जिडिपी प्रतिव्यक्ति आय झण्डै युरोप र जापानको बराबरी थियो तर सन् २०२२ मा यो धेरै अघि बढ्यो।

सन् १९९० मा जी–७ राष्ट्रहरुको नोमिनल जिडिपीमा अमेरिकी अर्थतन्त्र ४० प्रतिशत गणना गरिएको थियो तर सन् २०२२ मा ५८ प्रतिशत गणना गरियो।

सन् १९९० मा प्रतिव्यक्ति अमेरिकी आय पश्चिम युरोपेली प्रतिव्यक्ति आयभन्दा २४ प्रतिशत बढी थियो भने आज करिब ३० प्रतिशतले बढी छ। यस्तो सवलताका स्रोतहरु धेरै छन। अमेरिकाले आफ्ना जनताको लागि कति लगानी गर्दछ भन्ने कुराले म विशेषतः छक्क पर्दछु।

अमेरिकाले विद्यालय शिक्षामा प्रति विद्यार्थी उत्तिकै धनी समकक्षी राष्ट्रको आर्थिक सहयोग तथा विकास संगठनको औसतभन्दा ३७ प्रतिशत बढी खर्च गर्दछ।

च्याट जिपिटी र एमआरएनए खोप अमेरिकी प्राविधिक क्षमताका संकेत मात्र हैनन्। अमेरिकाले संसारभरि लागु हुने २२ प्रतिशत प्याटेन्ट ओगट्दछ। यो सन् २००४ मा १९ प्रतिशतले बढेको थियो। यो अरु कुनै पनि राष्ट्रको भन्दा धेरै हो।

शिक्षाको स्तर एउटा त्यस्तो कारण हो जसले अमेरिकी श्रम उत्पादकत्व सन् १९९० देखि सन् २०२२ को बीचमा ६७ प्रतिशतले बढायो। युरोपमा यो ५५ र जापानमा ५१ प्रतिशतले मात्र बढेको छ।

अमेरिकी कम्पनीहरुले अद्भूत मूल्य सृजना जारी राखेका छन्। सन् १९९० मा अमेरिकी कम्पनीहरुको एस एण्ड पी ५०० सुचकमा १०० डलर लगानी थियो भने आज त्यो लगभग २३०० डलरको हुनेछ। द इकोनामिस्टका अनुसार त्यस्तै धनी राष्ट्रको सोही बमोजिमको सुचकमा १०० डलर लगानी भएको भए आज त्यो ५१० डलरको मात्र हुनेछ।

निश्चय नै यिनै वर्षमा चीन महाशक्तिको हैसियतमा उदाएको छ। तर यसले अझै अमेरिकी स्तरको प्रसिद्धी पाएको छैन। सन् १९९० मा विश्व अर्थतन्त्रमा अमेरिकी अर्थतन्त्र २५ प्रतिशत गणना गरिएको थियो, सन् २०२२ मा पनि करिब त्यही नै गणना भएको छ।

हुँडेलिएको शक्तिशाली नदीले नयाँ पुस्तालाई बगाउँछ। विशेषतः मिलेनियल्स तथा जुमर्स पुस्ता व्यवहारिक रुपमा आर्थिक कठिनाईको कथाद्धारा परिभाषित गरिदैछ। धेरै मानिस यो विश्वास गर्दछन कि आउँने पुस्ताले आफ्ना बुबाआमाले जस्तै जीवनस्तरको आनन्द उठाउन पाउने छैनन्।

आर्थिक संकटका बेलामा यो कथा सत्य जस्तो गरि भन्न सकिने हुन्छ। तर जीन ट्वीन्जले द एटलान्टिकमा लेखे अनुसार आज त्यो कथा सत्य हो जस्तो गरी भन्न सम्भव छैन। उनी लेख्छिन्– सन् २०१९ यता यो पुस्ताका मानिसले त्यही उमेरमा अघिल्लो मौन, बेबी बुमर्स र जेनेरेशन एक्स पुस्ताका मानिसले भन्दा मुद्रास्थिति समायोजन गर्दा पनि धेरै पैसा कमाइरहेका छन्।’

जनगणना ब्यूरोका अनुसार मिलेनियल्स पुस्ताको घरपरिवारको आमदानी एक्स पुस्ताको भन्दा ९ ००० डलरले उच्च पाइयो भने त्यही उमेरमा बुमर पुस्ताको परिवारको भन्दा १०,००० डलर बढी।

धेरैजसो शहरी क्षेत्रमा घरजग्गाको लागत बढ्दै गएको छ तर ट्वीन्ज यो लेख्छिन कि मिलेनियल्स पुस्ताका ४८ प्रतिशतले २५ देखि २९ बर्षको उमेर भित्रै आफ्नो स्वामित्वको घर बनाइ सकेका हुन्छन्। बुमर्स पुस्ताको उमेर दायरा पनि यस अर्थमा यस्तै थियो।

धेरै मिलेनियल्स पुस्ताले ब्याजदर ऐतिहासिक रुपले कम भएको अवधिमा घर किन र महाब्याधिको अवधिमा त्यसको मूल्य माथि गएको पाए। ट्वीन्ज यो निष्कर्षमा पुग्छिन् कि मेलेनियल्स पुस्ताका हरु घरको मालिक हुने सवालमा अभागी छैनन्। बरु यो कुरा उल्टो चाहिँ सत्य हो।

मेरो बुँदा यो हैन कि अमेरिकी पुँजीवाद पूर्ण छ। मेरो भनाई यो हो कि यहाँ आर्थिक गतिशीलता र आर्थिक सुरक्षाबीच तनाव छ। हाम्रो संस्कृतिमा गहिरो जरा गाडेका कारणले पुँजीवादको अमेरिकी ब्रान्ड सधै गतिशिलतातिर, स्वतन्त्र बजार र सानो आकारको कल्याणकारी राज्यतिर झुकेको हुन्छ।

तर, विगत धेरै दशकमा अमेरिकाले विकास र सामाजिक गतिशीलता उत्पादन गर्ने यन्त्रलाई थप सामाजिक सुरक्षा प्रदान गर्नतिर लगाएको छ। यो ‘सेन्टर–लेफ्ट’ र ‘सेन्टर–राइट’ महापरियोजना हो। यसले काम गरेको छ र अझै काम गरिहने छ।

सन् १९९० र सन् २०१९ को बीचमा अमेरिकाको सामाजिक खर्च जिडीपीको १४ प्रतिशतबाट १८ प्रतिशतमा बढ्यो । जनगणना ब्यूरोका अनुसार सरकारको यो सहयोगका कारण गरिबी सन् २०२१ मा सबैभन्दा कम विन्दूमा झर्यो।

सन् २०१३ मा थोमस पिकेटीले ‘एक्काइशौं शताब्दिमा पुँजीवाद’ नामक धेरै चर्चा गरिएको पुस्तक प्रकाशित गरे। उनको मुख्य तर्क यो थियो कि आधुनिक पुँजीवादमा आर्थिक असमानता अन्तर्निहित चरित्रका रुपमा रहन्छ। तर समस्याको कुरा के हो भने उनको किताब प्रकाशित समयको वरिपरि आर्थिक असमानताको दुरी पनि घटेको देखिन्छ। अर्थशास्त्री नोआ स्मिथको भनाई पत्याउने हो भने आर्थिक असमानता अब घट्दो देखिन्छ।

पुँजीवादको अमेरिकी प्रारुपमाथि वामपन्थबाट आक्रमण जारी छ। जसले नवउदारवाद र भूमण्डलीकरणको कथित भयावहताको आधारमा अमेरिकी पुँजीवादलाई विश्वासघातीको रुपमा चित्रण गर्ने टक्कर–कार्लसन शैलीको प्रियतावादी दृष्टिकोणबाट विरोध गर्दछ।

तर, हामी यो बिर्सन सक्दैनौं कि अमेरिकी पुँजीवाद विश्वमा उपलब्ध सबै वास्तविक विकल्पमध्ये श्रेष्ठ सिद्ध भएको छ। वास्तवमा म आफै अचम्मित छु। आज हामी दयनीय राजनीतिको युगमा बाँचेका छौं। सामाजिक संरचना हजारौं तरिकाले फसेका छन। तर, अमेरिकी पुँजीवाद भने चलिरहेकै छ।

द न्यूओर्क टाइम्सबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved