प्रदेश १ : बैठक २ घण्टा स्थगित

नेपालभ्युज

प्रदेश १ : बैठक २ घण्टा स्थगित

विराटनगर । प्रदेश नं. १ प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । नामकरणमाथिको छलफल सकिएपछि बैठक स्थगित गरिएको हो ।

प्रदेशसभामा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरूले छलफलमा भाग लिएका थिए ।

छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरेका छन् । दुई घण्टापछि सुरू हुने बैठकमा मत विभाजन हुनेछ ।

प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved