लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने, श्रद्धाञ्जली दिन कलाकार जाँदै

पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन्।

नेपाल भ्युज

लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने, श्रद्धाञ्जली दिन कलाकार जाँदै

काठमाडौं। पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन्। दर्जनौँ गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो।

दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ। पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ। उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन्।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गायक पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले पौडेलको अल्पायुमै निधन भएकोप्रति गहिरो दुःख प्रकट गर्दै परिवारजन र आफन्तहरूप्रति समवेदना व्यक्त गरेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि पौडेलको निधनमा समवेदना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved