कर्णालीमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

कर्णालीमा मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

सुर्खेत। कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्मा र दुईजना मन्त्रीले शपथ लिएका छन् । कर्णालीका मुख्यमन्त्री शर्मासँगै विना विभागीय मन्त्रीका रूपमा एमालेका विनोद शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले शपथ लिएका हुन् ।

मुख्यमन्त्री शर्मा, विना विभागीय मन्त्री शाह र शाहीलाई कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शपथ खुवाए । विना विभागीय मन्त्री भएका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेशसभा ‘ख’ बाट र शाही मुगु प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित सांसद हुन् ।

दुई पार्टीबीच छलफल गरेर मन्त्रालय तोक्ने सहमति भएको एमाले र माओवादी केन्द्रका नेताले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved