राखेप सदस्यसचिव र आईसीसी प्रतिनिधि टोलीबीच भेटवार्ता

नेपालभ्युज

राखेप सदस्यसचिव र आईसीसी प्रतिनिधि टोलीबीच भेटवार्ता

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको प्रतिनिधि टोली र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङबीच भेटवार्ता भएको छ।

नेपाल टी–२० लिगमा उत्पन्न विवाद समाधानको लागि आईसीसीका प्रतिनिधि र सदस्य सचिव घिसिङबीच बिहीबार छलफल भएको हो।

आईसीसीको टोलीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लिगको एन्टी करप्सन युनिट एसीयू, अफिसियल र खेलाडीसँग पनि भेटेका थियो।

लिगमा ‘स्पट फिक्सिङ’, ‘म्याच फिक्सिङ’, र ‘बेटिङ’ को आशंका बाहिरिएसँगै राखेपले बुधबार छानबिन समिति गठन गरेको थियो ।

मङ्गलबारदेखि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान सुरु गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved